अमेरिकाले ईयू र मेक्सिकोका सामानमा ३० प्रतिशत कर लगाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि युरोपेली संघ र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । उनले यदि यी व्यापार साझेदारहरूले प्रतिशोधात्मक कदम चालेमा शुल्क अझ बढाउने चेतावनी समेत दिएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनलाई पठाएको पत्रमा अमेरिकाको ईयूसँगको व्यापार सम्बन्धमा लामो समयदेखि रहेको ठूलो र निरन्तर व्यापार घाटा, उनीहरूको शुल्क र गैर–शुल्क नीति तथा व्यापार अवरोधका कारण उत्पन्न भएको उल्लेख गरिएको छ ।

ट्रम्पले यो सम्बन्ध ‘पारस्परिक’ नभएको पनि बताएका छन् । यदि ईयू वा मेक्सिकोले अमेरिकाविरुद्ध आफ्नै आयात शुल्क लगाएमा, ट्रम्पले त्यसको प्रतिक्रियामा ३० प्रतिशतभन्दा बढी समान प्रतिशतले शुल्क बढाउने चेतावनी दिएका छन् ।

ईयू र मेक्सिकोको अतिरिक्त, ट्रम्पले यस हप्ता जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलबाट आउने वस्तुहरूमा पनि नयाँ शुल्कहरू अगस्ट १ बाटै लागू हुने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *