काठमाडौँ । अमेरिका इजरायलसँग युद्धमा संलग्न हुन सक्ने अनुमान जारी रहेका बेला रुस र चीनले अमेरिकालाई इरानविरुद्ध कुनै पनि सैन्य कारबाही नगर्न चेतावनी दिएका छन् ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले वासिङ्टनलाई यस अवस्थामा सैन्य हस्तक्षेप नगर्न चेतावनी दिएकी छन् । उनले अमेरिका सैन्य लडाईमा कुदेमा एकदमै खतरनाक कदम हुने र त्यसको परिणाम पूर्णतया अप्रत्याशित र हानिकारक हुने चेतावनी दिएकी छन् ।
त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले इरानमाथि इजरायलको हवाई आक्रमणको कडा निन्दा गरेका छन् । दुवै नेताहरूले सबै पक्षहरूलाई कूटनीतिक रूपमा विवाद समाधान गर्न र युद्ध रोक्न अपील गरेका छन् । सी जिनपिङले द्वन्द्वमा संलग्न पक्षहरू, विशेष गरी इजरायलले तुरुन्तै आक्रमणहरू बन्द गर्नुपर्छ ताकि स्थिति अझ बिग्रन नपाओस् र युद्ध अन्य क्षेत्रहरूमा नफैलियोस् ।
त्यस्तै क्रेमलिनका सल्लाहकार युरी उशाकोभलेरुस र चीनको दृष्टिकोण एउटै रहेको र दुवैले इजरायलको कारबाहीको कडा निन्दा गरेको बरायेका छन् । दुवै नेताहरू पश्चिम एसियामा युद्ध रोक्नु अहिलेको सबैभन्दा ठूलो प्राथमिकता हो भन्ने कुरामा पनि सहमत रहेका छन् । सिन्ह्वाका अनुसार, सी जिनपिङले भने, युद्धविराम र आक्रमण रोक्नु सबैभन्दा महत्त्वपूर्ण रहेको र अन्तर्राष्ट्रिय विवाद समाधान गर्ने सही तरिका हतियार नभएर वार्ता भएको बताएका छन् ।
पुटिन र जिनपिङबीचको यो कुराकानी यस्तो समयमा भएको थियो जब पश्चिम एसियाको अवस्था द्रुत गतिमा बिग्रँदै गइरहेको छ । इजरायल र इरानबीच सैन्य झडपहरू निरन्तर बढिरहेका छन् । यो तनावको बीचमा, बिहीबार, इरानले दक्षिणी इजरायलको ‘सोरोका अस्पताल’ मा मिसाइल आक्रमण गरेर बदला लिएको छ । यो आक्रमणलाई धेरै गम्भीर मानिएको छ ।
साथै, इजरायली सेनाले एक विज्ञप्तिमा मिसाइलले दक्षिणी इजरायलको सबैभन्दा ठूलो अस्पताललाई लक्षित गरेको बताएको छ । आक्रमणमा अस्पताल ध्वस्त भएको तस्बीर बाहिर आएका छन् । यस आक्रमणको केही समय पछि, इजरायली रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक सार्वजनिक रूपमा इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीलाई समाप्त पार्ने धम्की दिए । यो द्वन्द्वको क्रममा उनको अहिलेसम्मको सबैभन्दा कठोर बयान मानिन्छ ।
यसअघि इजरायलले इरानको ‘अराक हेभी वाटर रियाक्टर’ मा घातक हवाई हमला गरेको थियो । आक्रमण अघि इजरायलले सामाजिक सञ्जालमा धम्की दिएको थियो । उनले उपग्रहबाट खिचिएका तस्बिरहरू पोस्ट गरेका थिए । लक्षित रियाक्टरलाई रातो घेराले घेरिएको थियो । आम नागरिकहरूलाई क्षेत्र छोड्न भनिएको थियो ।