काठमाडौं। नेपालमा पछिल्ला दिनमा भएको राजनीतिक घटनाक्रमलाई लिएर चीनले आधिकारिक प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, परम्परागत मैत्रीपूर्ण र छिमेकी मुलुकबीचको नजिकको सम्बन्ध रहेको स्मरण गराउँदै नेपालले आफ्नो आन्तरिक समस्यालाई उचित तरिकाले समाधान गर्ने विश्वास व्यक्त गरेकी छिन्।
प्रवक्ता माओले भनेकी छिन्, ‘आशा छ कि नेपालका विभिन्न क्षेत्रले आन्तरिक समस्याहरूलाई सही तरिकाले समाधान गर्नेछन् र चाँडै देशमा व्यवस्था र स्थिरता फर्काउनेछन्।’
सोमबार र मंगलबारको जेन-जी समूहको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी समूहलाई वार्ताका लागि बोलाएका छन्। जेन-जी समूह राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ताका लागि प्रतिनिधि चयन गर्ने क्रममा छ।