काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिमाथि तीक्ष्ण प्रतिक्रिया दिएका छन् । ट्रम्पले हालै रुसलाई ‘कागजी बाघ’ भन्दै टिप्पणी गरेपछि पुटिनले प्रतिप्रश्न गर्दै नाटोको वास्तविकता चुनौती गरेका छन् ।
सुरक्षा र भूराजनीतिक विज्ञहरूसँगको छलफलमा बोल्दै पुटिनले भने, “यदि हामी कागजी बाघ हौं भने, नाटो के हो ?” उनले थपे, “हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आत्मविश्वास हो, र यसमा हामी दृढ छौं ।”
ट्रम्पले सामाजिक सञ्जालमार्फत रुसको अर्थतन्त्र कमजोर भएको दाबी गर्दै युक्रेनलाई फाइदा हुने समय आएको बताएका थिए । उनले युरोपेली मुलुकहरूको समर्थन र नाटोको सहयोगका कारण युक्रेन युद्धमा आफ्नो भूभाग फिर्ता लिन सक्षम हुने विश्वास व्यक्त गरेका थिए ।
ट्रम्पले रुसलाई ‘ठूलो आर्थिक समस्यामा फसेको’ भन्दै पुटिनलाई पनि दबाबमा रहेको टिप्पणी गरेका थिए ।
पुटिनको प्रतिप्रश्नले नाटोको विश्वव्यापी हैसियत र युद्धक्षेत्रमा भइरहेको वास्तविकताबारे नयाँ बहसलाई जन्म दिएको छ ।