काठमाडौँ । उत्तर अफ्रिकी देश मोरक्कोमा स्वास्थ्य र शिक्षा सुधारको माग गर्दै सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बनेको छ । प्रदर्शनकारीहरूले राजधानी राबाटमा एउटा बैंक जलाइदिए र धेरै पसल र सवारी साधनहरूमा तोडफोड गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
अगादिर शहरमा प्रहरीको गोली लागेर तीन युवाको मृत्यु भएको बताइएको छ भने एक हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको छ । आन्दोलनका क्रममा ३५४ जना घाइते भएका छन्, जसमध्ये धेरैजसो सुरक्षाकर्मी रहेको बताइएको छ । मन्त्रालयका अनुसार, लगभग ७० प्रतिशत प्रदर्शनकारीहरू नाबालिग रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मोरक्को सरकारले २०३० फिफा विश्वकप र अफ्रिका कप अफ नेशन्सको लागि १० अर्ब डलरखर्च गरिरहेको अवस्थामा देशका सरकारी अस्पतालहरूमा सुविधाहरूको गम्भीर अभाव रहेको भन्दै जेनजी पुस्ता आन्दोलित भएको छ ।