नेपाल प्रहरीमा जागिरको अवसर: १,५९४ जनाको लागि दरखास्त खुला(सुचना सहित)

काठमाडौं । सुरक्षा सेवामा करिअर बनाउने इच्छुकका लागि नेपाल प्रहरीले ठूलो अवसर खोलेको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै कुल १,५९४ पदमा खुला प्रतिस्पर्धाद्वारा भर्तीका लागि दरखास्त आह्वान गरेको हो।

जारी सूचनाअनुसार जनपद प्रहरी जवानका लागि १,५५३ जना, प्रहरी कार्यालय सहयोगी (हजाम) का लागि ११ जना, कुचीकारका लागि १५ जना र खेलाडी पदका लागि १५ जना गरी विभिन्न श्रेणीमा दरखास्त माग गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यसै असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म आवेदन पेश गर्न सक्ने नेपाल प्रहरीले जनाएको छ। योग्य उम्मेदवारलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *