काठमाडौँ । सांसद प्रकाश ज्वालाले गए राति यातायात व्यवसायीसँग भएको सहमतिले यातायातको क्षेत्रमा फेरि सिन्डिकेट भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी कतातिर जाँदै छौँ । पहिला तोडेको सिन्डिकेट फेरि कायम गरियो,’ उनले भने,’सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ ।’
राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने उनको भनाइ थियो ।
‘सार्वजनिक यातायातलाई कम्पिटिसन गर्न नदिने त । अहिले राइड सेयरिङले धेरै सहज भएको छ,’उनले भने,’मान्छेलाई सुविधा चाहियो । यो सहमति आपत्तिजन्य छ । यसले पब्लिकलाई ठुलो समस्या पार्छ ।’