रसुवागढी नाकामा चिनियाँ पक्षले भोलिदेखि बेलिब्रिज निर्माण सुरु गर्ने

काठमाडौं । नेपाल-चीन जोड्ने रसुवागढी नाकामा चिनियाँ पक्षले भोलिदेखि बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भदौ ३० गतेभित्र पुल निर्माण सम्पन्न हुनेछ ।

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक सम्पर्क टुटेको थियो । आज प्रमुख जिल्ला अधिकारीसहितको टोलीले निर्माणस्थलको अवलोकन गरेको छ ।

रसुवा र चीनका स्थानीय अधिकारीबीच भर्चुअल बैठकमा विपद् व्यवस्थापन, राहत, र पुनर्निर्माणबारे छलफल भएको छ । स्थानीय प्रशासनले निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

पौडेलले केरुङमा अड्किएका नेपाली र मालवाहक सवारीको तथ्याङ्क उपलब्ध गराउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । यसअघि चीनले तातोपानी नाकाबाट २०५ नेपालीलाई स्वदेश फर्काएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *