काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ गर्नेहरुलाई भने फाइदा पुगेको छ ।
सधैँ गाडीले खचाखच भइरहने बस स्टपहरुमा पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ सवारीसाधनहरु देखिन्छन् ।
मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु चलेका छन्। यसैगरी साझा यातायातका बसहरु पनि चलिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुईटा रुटमा निस्शुल्क बस चलाएको छ ।
सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले आज पनि सार्वजनिक सवारीसाधन नचलाएका हुन् ।