काठमाडौं । जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगलागी हुँदा काठमाडौं महानगरपालिकाले दमकल नपठाएको भन्ने आरोप असत्य भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन्।
बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा पाण्डेले आगो निभाउन महानगरले सक्दो प्रयास गरेको स्पष्ट पारे।
“महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो,” उनले भने, “सिंहदरबारमा हामीले पाँचवटा दमकल पठाएका थियौँ।”
उनका अनुसार प्रारम्भिक अवस्थामै दमकल पठाउन केही समय लागेको थियो।
“आगो लाग्नेबित्तिकै दमकल सिंहदरबार पुर्याउने तत्कालीन अवस्था थिएन, त्यसैले केही ढिलाइ भयो,” पाण्डेले बताए।
सिंहदरबारमा भएको आगलागीको कारण र क्षतिको विवरण भने सम्बन्धित निकायले सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।