काठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २६ जिल्लामा बाढी आउने चेतावनी दिएको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै ओखलढुंगा, सिन्धुपाल्चोक, सुर्खेत, रोल्पा लगायतका जिल्ला भइ बहने साना तथा ठूला खोला,नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो ।
बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
महाशाखाले ती २६ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै नदी तटीय क्षेत्रमा सावधानी अपनाउन सुझाव दिएको छ ।