तामाकोशीमा बन्दै गरेको पक्की पुल दोस्रोपटक भाँचियो

काठमाडौं । रामेछापको मन्थली नगरपालिका– ६ र ७ जोड्ने तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको छ ।

कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको मन्थली–६ कुनौरी र ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान आज बिहान भाँचिएको हो ।

सो पुलको एउटा स्ल्याब गत बैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आज फेरि भाँचिएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार पुलको एकातर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको छ । यस अघिको अनुगमनमा नै कैफियत देखिएपछि पुनर्निर्माण गर्न सुझाव दिएको तर त्यसैलाई मर्मत गर्न खोज्दा भाँचिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *