काठमाडौँ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ।
आज काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्मान तथा पुरस्कार प्रदान गरे।
सम्मानप्राप्तहरू:
फोनिज राष्ट्रिय पत्रकारिता सम्मान: निवर्तमान अध्यक्ष गजुरधन राई र अमरध्वज लामा
प्रवास सम्मान: मोक्ष गुरुङ
फोनिज मातृभाषा सम्मान: ‘कोचिला समाद’ राजवंशी त्रैमासिक
फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार: सविन प्रियासान (छापा), मुनेस लायो मगर (अनलाइन), बन्दना दनुवार (रेडियो)
फोनिज अवार्ड २०८२
फोनिज युके, मलेसिया र बागमती समितिबाट आश गुरुङ, डोल्मा शेर्पा, सपना थामी, ज्ञानेन्द्र तामाङ र पूर्णबहादुर मगरलाई प्रदान गरिएको छ।
कार्यक्रममा सम्मानित पत्रकारहरूलाई आदिवासी जनजाति पत्रकारितामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरिएको थियो।