बारम्बार बिजुली जान थालेपछि हितेन्द्रदेवले गठन गरे अध्ययन समिति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बारम्बार बिजुली कटौती हुने समस्याको समाधानमा ढिलासुस्ती भएको भन्दै अध्ययन समिति गठन गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उपभोक्ताहरूको बढ्दो गुनासो र सामान्य समस्यामा समेत लामो समय विद्युत् कटौती हुने अवस्थालाई सम्बोधन गर्न तीन सदस्यीय अध्ययन समिति बनाएका हुन् ।

यो समितिको नेतृत्व प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका निर्देशक नवराज ओझाले गर्नेछन् । समितिका अन्य सदस्यहरूमा रामु श्रेष्ठ र सन्तोष जैसवाल रहेका छन् ।

समितिलाई पछिल्लो एक सातामा प्राप्त गुनासोहरूको अध्ययन गरी समाधानका उपायहरू सुझाउन जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *