ध्वस्त सम्पदाको पुनःनिर्माणकालागि चीनसँग सहयोग अपिल

काठमाडौं । नेपालमा हालैका विध्वंसकारी घटनाबाट ध्वस्त भएका ऐतिहासिक संरचनाहरू पुनःनिर्माणका लागि बेइजिङस्थित नेपाली राजदूतावासले चीन र त्यहाँ रहेका नेपाली समुदायसँग सहयोगको आह्वान गरेको छ।

राजदूतावासले शुक्रबार जारी गरेको सूचनामा चीनमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपालीहरू (एनआरएन) र चिनियाँ नागरिकलाई नेपालको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा आर्थिक सहयोग गर्न आग्रह गरेको हो। सूचनामा भनिएको छ, “बेइजिङस्थित नेपाली दूतावास आफ्ना नागरिकहरू, गैरआवासीय नेपाली समुदाय, चिनियाँ समुदाय र अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पुनःनिर्माण अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछ।”

सहयोगका लागि राजदूतावासले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १९६०१००१०२०७०००४ र क्युआर कोडसमेत सार्वजनिक गरेको छ।

गत भदौ २३ र २४ गतेका ‘जेन–जी’ प्रदर्शन र त्यसपछिका तोडफोड घटनामा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत सयौँ सरकारी कार्यालयहरू ध्वस्त भएका थिए। ती संरचनाको पुनःनिर्माणका लागि ठूलो रकम आवश्यक परेकाले सरकारले ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *