चितवनमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ तालिका सार्वजनिक

काठमाडौं । चितवनका केही क्षेत्रमा आजदेखि लोडसेडिङ हुने भएको छ । पूर्वी चितवनमा आजदेखि दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने नेपाल विद्युत् प्राधिकरणले तालिका सार्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेका्ले लोडसेडिङ् गर्नुपरेको हो । वितरण केन्द्र चनौलीअन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

वितरण केन्द्रले जनाएअनुसार, भरतपुर १३२÷३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको छ ।

तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।

उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।

यस्तो छ लोडसेडिङ तालिका :

१. नारायणी–माडी फिडरहरू – बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ।
२. मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू- बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म ।
३. जगतपुर–रामपुर फिडरहरू – दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *