गुल्मी । धुर्काेट गाउँपालिकाकाे आयाेजनामा आ.व. २०८२/०८३ काे बार्षिक नीति, कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालाहरु संग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा धुर्कोट गाउँपालिका भित्रका राजनीति दलका प्रतिनिधि, पुर्ब वडा अध्यक्ष, गैरसरकारी संघ सस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थीको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा सरोकारवाला व्यक्तिहरुले आगामी आ.व. काे नीति कार्यक्रम तथा बजेटका विषयमा विभिन्न राय सुझाव तथा सल्लाह प्रदान गर्नुभएको थियाे ।