हेटौंडा उपमहानगरपालिका र संघिय सरकारबीच खानेपानी व्यवस्थापन सम्झौता


हेटौडा ।  हेटौंडा उपमहानगरपालिका र संघिय सरकारकाे खानेपानी याेजना मार्फत हेटाैंडामा निर्माण हुने याेजनाकाे द्वपक्षिय सम्झाैता भएको छ ।   हेटाैंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामा तथा संघिय याेजना प्रमुख पुर्णप्रसाद उपाध्यायद्वारा सा्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार हेटौंडा उपमहानगरपालिका र संघिय सरकारकाे खानेपानी याेजनाको सहलगानीमा हेटाैंडाकाे बिभिन्न ठाउँमा खानेपानी टंकी, समवयल निर्माण गरीने छ । ७०/३० काे लगानीमा निर्माण हुने याेजना २० कराेड ५६ लाख रुपियाँ लागतकाे हुनेछ ।
सम्झाैंतामा उपमहानगर बाट नगर प्रमुख, संघिय याेजना प्रमुख पुर्णप्रसाद उपाध्याय र खानेपानी बाेर्डका अध्यक्ष प्रताप विष्ट र निर्माण पक्षका प्रतिनिधिले हस्ताक्षर गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *