काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशैँको बेलासमेत तलब निकासा नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दशैँ तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरी दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाई सकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ ।’
साथै, मन्त्री पुनले स्थानीय पालिकाहरूलाई पनि तलब नरोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारबाही गरिनेछ ।’