भदौ १५ सम्म बीपी राजमार्गमा राति सवारी सञ्चालन रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा १५ भदौसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारी सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार मनसुन सक्रिय रहँदा कुनै पनि समयमा वर्षात्का कारण विपद् (बाढी, पहिरो)को सम्भावना रहेकाले थप १५ दिनका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक बढाइएको हो।

यसअघि ७ असारदेखि नै स्थानीय प्रशासनले बाढी–पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालन रोक्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *