डिलकुमारी नेपाल
चितवन । हाम्रो नयाँ अवसर सामुदायिक संस्था ओनो नेपालद्वारा राप्ती नगरपालिकाका तीन सामुदायिक विद्यालयलाई सरसफाइ , शैक्षिक सामग्री सहित नगद हस्तान्तरण गरेको छ।
पालिकामा रहेका श्री भण्डारा माध्यमिक विद्यालय , श्री काशीरुपा आधारभूत विद्यालय डडुवा, श्री जनज्योति आधारभूत विद्यालय मार्तललाई सहयोग हस्तान्तरण गरेको हो ।
संस्थाले १२ कक्षासम्मका १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई नगद सहयोग समेत गरेको छ । संस्थाले अघिल्लो वर्षदेखि नगद सहयोग गर्न थालेकाे थियाे । पहिलाे बर्ष झै यश बष पनि श्री भण्डारा माध्यमिक विद्यालय भण्डारामा कार्यक्रम गरि सहयाेगको काम सम्पन्न गरेकाे हाे ।

उक्त कार्यक्रमको प्रमुख अतिथि राप्ती नगरपालिकाको वडा नम्बर ६ का वडा सदस्य सहदेव सेढाईले सहयोगी भावनाले गरेकाे रचनात्मक कार्यक्रम प्रति ओनो नेपाललाई विशेष धन्यवाद दिनुभएको थियो । उहाँले समाजमा गरिने राम्रो कामकालागी आगामी दिनमा नगरपालिका र वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्ध ब्यक्त गर्नुभयाे।
कार्यक्रममा ओनो नेपाल संस्थाकी चितवन संयाेजक बिमला पाख्रिनले विद्यार्थीको आर्थिक स्थिति हेरेर सहयोगकोलागी छनोट गरिएको बताउनुभयो । उहाँले कुनै पक्षपात तथा राजनीतिक दबाब बिना विद्यार्थीहरू छनोट भएका र छनौटमा परेका सबै विद्यार्थीहरु योग्य रहेको बताउनुभएको थियो।

त्यसैगरि संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष भोलानाथ पौडेलले उक्त कार्यक्रमबाट विद्यार्थीहरूले कक्षा १२ अध्ययन गर्ने समयसम्म सहयाेग पाउने बताउनुभएको थियो ।