पाँचथरको हेवाँखोलामा मोडुलर ब्रिज भाँचिदा घाइते ६ जना मध्ये तीनको मृत्यु

पाँचथर । हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज जोड्ने क्रममा पुल भाँचिँदा गम्भीर घाइते भएका ६ जना कामदारहरु मध्ये ३ जनाको मुत्यु भएको छ ।

मेचि र राजमार्गमा अन्तरर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदारहरु मध्ये उपचारको क्रममा आइतबार ३ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिएका छन ।

मुत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका १२ का बर्ष २२ का रुपलालाल चौधरी, वर्ष २२ का राजन चौधरी, वर्ष २२ का रोकेश चौधरी रहेका छन् । उनीहरु सहिछ घाइते ६ जनायाई
शनिबार राति पाँचथरमा उपचार सम्भव नभए पछि बिराटनगरको नोबल अस्पतालमा रेफर गरिएको थियो ।

घाइते २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिशेक चौधरीको उपचार भइरहेको बताइएको छ ।

शनिबार ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको थियो । नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।

नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुल लाई बिचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । २०८१ असोजको बाढिले पक्की पुल बगाएको थियो र गत साल लगाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण कार्य भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *