काठमाडौँ । ई–७ भिसा मार्फत नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने योजना स्थगित भएको छ।
वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०’ तत्काल कार्यान्वयन नहुने स्पष्ट गरेको छ। मन्त्रालयको निर्देशना अनुसार सो कार्यविधि रोकिएपछि ई–७ भिसा अन्तर्गतको रोजगार प्रक्रिया खुल्न सकेको छैन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त निर्देशनपछि विभागले कार्यविधि लागू नगर्ने निर्णय गरेको हो। हाल नेपाली कामदारहरू कोरिया रोजगार अनुमति प्रणाली (EPS) मार्फत मात्र जाँदै आएका छन्।
यस निर्णयले कोरियामा सीपयुक्त श्रमिकका रूपमा जाने तयारीमा रहेका नेपाली कामदारको योजना अनिश्चित बनेको छ।