एमालेले जसपालाई १७ सिट दिने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने पक्का भएको छ ।

एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका हुन्। शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभएकाे छ ।

प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *