काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन हुनुभएको छ । सोमवार बसेको दलको बैठकले रविलाई संसदीय दलको नेता चयन गरेको हो ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी रहेको पार्टीले जनाएको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।
निर्वाचनमा चौथो ठूलो दल बनेको रास्वपाले गठबन्धन सरकारमा सहभागी हुने बताइसकेको छ । दलभित्रकै केही नेताहरुले भने तत्काल सरकारमा नजान नेतृत्वलाई सुझाव दिएको छ ।