रास्वपा सांसद श्रेष्ठलाई कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।   सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो बाहिरिएपछि रास्वपाले कारबाही गरेको हो । श्रेष्ठ समानुपातिक सांसद हुनुहुन्छ । 

रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले श्रेष्ठलाई पार्टीले कारबाही गरेको पुष्टि गर्नुभयो । उहाँमाथि कारबाही भएको छ ‘ बुर्लाकोटीले भन्नुभयो– यस विषयमा छानविन गर्न समिति बनाइएको छ ।  

सांसद श्रेष्ठले प्रसाईंसँग साढे २ करोड रुपैयाँ पैसा मागेको अडियो आइतबार बिहान सार्वजनिक भएको थियो
अडियोमा श्रेष्ठले प्रसाईंसँग पुस १० को आसपास रकम मागेको सुनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *