संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । 

पार्टीको संसदीय दलको सोमबार बसेको बैठकमा सभापति तथा संसदीय दलका नेता लामिछानेले जनचासो र जनजीविकको विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिनुभएको हो । 

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसदमा चौथो दलको हैसियत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट सुरु हुने संघीय संसदको अधिवेशनमा आफ्ना सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउँदै निर्देशन दिएको हो । 

निर्वाचनमार्फत जनताले दिएका जिम्मेवारी, राष्ट्रियहित र स्वाभिमानको विषयमा अडिग रहेर भूमिका खेल्न नेता लामिछानेले निर्देशन दियो ।  

उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पनि सांसदलाई निर्देशन दिनुभएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदमा चौथो शक्तिको रुपमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *