१२ कक्षाको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । १२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसिरहेको हो ।

बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *