काठमाडौं। बझाङ बुङ्गल नगरपालिका–९ मा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीयले खबर गरेपछि घटनास्थलतर्फ प्रहरी गएको छ। झुण्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतक गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।