काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । एमाले विभाजनपछि पार्टीको गतिविधिमा निरन्तर सक्रिय हुँदै आउनुभएका अध्यक्ष ओलीलाई भाइरल ज्वरो आएको छ ।
अध्यक्ष ओलीले फेसबुमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको जानकारी गराउनुभएको छ। ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ’ उहाँले फेसबुकमा लेख्नुभएको छ– अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’
एमाले अध्यक्ष ओली अस्वस्थताका कारण बारा २, चितवन २ र तनहुँ १ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको समेत उल्लेख गर्नुभएको छ । उहाँले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने समेत उल्लेख गर्नुभएको छ ।