एमाले छाडेका घनश्याम माओवादी केन्द्रबाट चुनाव लड्ने

काठमाडौं । रुपन्देही– ३ बाट चुनाव लड्दै आएका एमाले नेता घनश्याम भुसाललाई एमालेले टिकट नदिएपछि नेकपा माओवादी केन्द्रबाट चुनाव लड्ने भएका छन् । भुसालले आफ्नो घर रहेको रुपन्देही– १ बाट चुनाव लड्ने तरखर गरेका हुन् । रुपन्देही– १ बाट एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

‘तत्काल पार्टी प्रवेश नगरे पनि माओवादीको हँसिया हथौडा अंकित चिह्नबाट चुनाव लड्ने लगभग निश्चित जस्तै हो,’ माओवादीका अर्का नेताले भने ।

चुनावपछि माधव नेपालको पार्टीसहित समाजवादी केन्द्र बनाउने गुरुयोजनाअन्तर्गत बौद्धिक नेतालाई समेट्न खोजिएको माओवादीका उनको भनाई थियो । उनले पार्टी छाडेको जानकारी सामाजिक सञ्जालबाट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *