काठमाडौं । बुधवार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठुलो क्षति पुर्याउनुका साथै दर्जनौँ घरहरू भत्किएका छन् ।
राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५।७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । पाँच घण्टाको फरकमा पटकपटक ७ पटक भूकम्पको झट्का महसुस भएको भूकम्प मापण केन्द्रले जनाएको छ ।