गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको छ: प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उहाँले गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा सहमति भएको दाबी गर्नुभएको हो । 

गठबन्धन बनाउँदा आलोपालो प्रधानमन्त्री हुने अलिखित सहमति भएको दाबी गर्नुभएका प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनभित्र छलफल भएको बताउनुभयो । 

यद्यपि, प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा प्याकेजमा सहमति खोजेर गठबन्धन अघि बढ्ने प्रचण्डको भनाइ छ । 

आफू प्रधानमन्त्री हुनुपर्छ नै भन्ने कुनै अडान नरहेकोसमेत बताएका प्रचण्डले गठबन्धनभित्र छलफल गरेर शक्ति बाँडफाँट गर्दै अघि बढ्ने जानकारी दिनुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *