काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिकाको उपाध्यक्षमा अनेरास्ववियूकी सचिव रमा रेग्मी सिफारिस हुनुभएको छ । नेकपा एकीकृत समाजवादीको गाउँपालिकास्तरीय विस्तारित बैठकले उहाँलाई सिफारिस गरेको हो ।
पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय नेतृ रेग्मीले पार्टीका विभिन्न संगठनमा समेत काम गरिसक्नुभएको छ । यसअघि उक्त पालिकामा नेकपा एमालेले जितेको थियो । युवा जोश र विशेष योजनाका साथ राजनीतिमा होमिएकाले आफूले नेतृत्व पाए परिवर्तन गर्नसक्ने नेतृ रेग्मीको विश्वास छ ।