नागरिकता विधेयक राष्ट्रियसभामा पेश

काठमाडौं । विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रियसभामा पेश गरिएको छ ।

विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रियसभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेश गर्नुभएकाे हाे ।

संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाउनुभएकाे थियाे।

राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । विधायन समितिले पनि विना संशोधन पारित गरी राष्ट्रिय सभामा पेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *