पहिरोले दाङ-सल्यान सडक अवरुद्ध

दाङ । अविरल वर्षापछि खसेको पहिरोका कारण दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । आज बिहानै राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यानको सिमाना नजिकै पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिए ।

सडक खुलाउने प्रयास भइरहेको र यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *