पार्टी भन्दा संविधान कयौँ गुणा ठुलो: मन्त्री चौधरी

काठमाडौं। सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गर्नुभएको छ। सत्ता गठबन्धनले विहीबार आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरुलाई अथवा संविधानै चाहिन्न भन्नेहरुलाई त यी सबै उपलब्धीहरू सामान्य लाग्लान् तर हिजो हाम्रा अग्रजहरू, शहीदहरू र स्वयम् हामी सहभागी भएर लडेर ल्याएको यो ब्यवस्था, यो संविधान चानचुने सङ्घर्षबाट प्राप्त भएको होइन उनले बताए ।’

नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै मन्त्री चौधरीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको बताए । सत्ता गठबन्धन दलका कार्यकर्ताहरुलाई प्रदेश मन्त्री इन्द्रजित थारु, समानुपातिक उम्मेदवार शुशिला चौधरी, बुद्धिजीवी देव नारायण चौधरी लगायतले सक्रियतापूर्वक चुनावी माहोल निर्माणमा लाग्न निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *