काठमाडौं। बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजनपछि पनि १५ दिनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।