भोलि नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने

काठमाडौं। नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते विमानस्थल प्रवर्द्धन गर्न काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ।

नेपाल एयरलाइन्सले न्यारोबडी ए३२० जहाज उडान गर्ने जानकारी दिएको छ। नेपाल एयरलाइन्सले विहान ६ बजे काठमाडौंबाट भैरहवा र ८ बजे भैरहवाबाट काठमाडौं आउने भएको छ।

जेठ २ गते प्रधानमन्त्री देउवाले गौतमबुद्ध विमानस्थल उद्घाटन गर्दै हुनुहुन्छ। उक्त दिन विमानस्थलमा जजिरा एयरले अन्तराष्ट्रिय उडान गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *