काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट निर्वाचित हुनुभएको छ । पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउनुभएको हो ।
पौडेलले २५ हजार ३१८ मत ल्याउनुभएको छ । रानाले १९ हजार ९४३ मत मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार बन्नुभएका कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले ६ हजार ८७८ मत प्राप्त गर्नुभएको छ । पौडेल छैटौंपटक निर्वाचित हुनुभएको हो । पौडेल २०७४ को निर्वाचनमा भने तत्कालीन एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ ९किसान० सँग पराजय भोग्नुभएको थियो ।