रास्वपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सरकारमा सहभागी नहुने भएको छ ।  रास्वपाले यसअघि दिएको समर्थन फिर्ता लिँदै सरकारमा नजाने निर्णय गरेको छ  ।

रास्वपाको शुक्रबार साँझ बसेको ससदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबारे निर्णय गरेको हो । रास्वपा सभापति रवि लामिछानेले बैठकपछि पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताउनुभयो । 

‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, उहाँले भन्नुभयो त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हौं ।’

सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता राख्नुभएको तर कार्यशैली र गतिविधि हेर्दा सरकारमा सहभागी हुन उचित नभएको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *