सुनको मुल्य प्रतितोला १०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ६ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *