हेलिकप्टर दुर्घटना

पोखरा । धौलागिरी हिमालको बेसक्याम्प नजिकै  हेलिकप्टर दुर्घटना भएको छ ।  अन्नपूर्ण बेस क्याम्पबाट धौलागिरी बेस क्याम्प जाँदै गरेको हेलिएभरेष्टको ९ एन–ए एनबी कलसाइनको  हेलिकोप्टर दुर्घटनामा परेको हो

धौलागिरी बेस क्याम्प जानेक्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको हो । दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते हुनुभएको छ । उहाँको उद्दारका लागि अर्को हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभएको छ । 

प्राधिकरणका अनुसार हेलिकोप्टर पोखराबाट धौलागिरी बेस क्याम्पको लागि समान लिएर गएको थियो । हेलिकोप्टरमा क्याप्टेन बाहेक अन्य यात्रु नभएका कारण मानवीय क्षति नभएको भुलले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *