काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गते राजधानीको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको आजको बैठकले आगामी राजनीतिक दिशा र पार्टीभित्रको एकतालाई बलियो बनाउने उद्देश्यसहित सो सभा गर्ने निर्णय गरेको हो।
यो कार्यक्रम बागमती प्रदेश, सम्पर्क समन्वय समिति र विशेष प्रदेशको संयुक्त आयोजनामा हुनेछ।
पार्टीले यस सभालाई व्यापक सहभागिता र सन्देशमूलक प्रदर्शनका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।
