‘धुम्रपानरहित दिवश’मा एनसीएनपी र केसीसीद्वारा काठमाडौंमा प्रभातफेरी

काठमाडौं । ‘धुम्रपानरहित दिवश’को अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी)ले शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धुम्रपानरहित दिवश’को विश्वभर मनाइने गरिएको छ ।

प्रभातफेरी कार्यक्रम कमलपोखरी (सिटी सेन्टर)बाट कमलादी हुँदै घण्टाघर, महेन्द्र सालिक परिक्रमा गर्दै पुनः कमलपोखरी फर्किएर कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न क्यान्सर अस्पतालका डाक्टरहरु, स्वयंसेवकहरु, प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । सुर्तीजन्य पदार्थ लगायतका हानिकारक तत्वको सचेतनात्मक प्रवाह गर्ने उद्देश्यले प्रभातफेरिको आयोजना गरिएको नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले बताए । उनका अनुसार प्रत्येक वर्ष एनसीएनपीले धुम्रपानरहित दिवशको अवसरमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

एनसीएनपीका अध्यक्ष प्रधानले भने, ‘धुम्रपान जन्य वस्तुले विश्वमा लाखौं व्यक्तिहरु विविध रोगको शिकार भई मृत्युवरण गर्नु परेको छ । यसविरुद्ध हामी सबै मिलेर हातोमालो गरी अगाडि बढनुपर्छ ।’ विश्व स्वास्थ्य संगठनले केही वर्षअघि गरेको सर्वेक्षणले मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् ।

विश्वका विभिन्न देशमध्ये नेपाल धूम्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एकपटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ ।

कार्यक्रममा केसीसीका डा सुवासले सूर्तीजन्य वस्तुमा खेलाची गर्न नहुने भन्दै यसविरुद्ध सचेतना फैलाउनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य भएको बताए । उनले भने, ‘स्वस्थ्य सबैभन्दा ठूलो धन हो र यसलाई सूर्ति, धुम्रपान मद्दपान, नशादी गरेर खेलाची गर्नुहुन्न । सबैलाई सचेतना फैलाउनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य हो ।’ उक्त कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका तर्फबाट वर्तमान पदाधिकारीहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *