साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेसँगै अब अबदेखि हरेक वर्ष कोदो दिवस मनाइनेछ । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ ।

तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आइरहेको छ । कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै कोदो उत्पादन गर्न सकिन्छ । कोदो र कोदोजन्य परिकारको माग बढे पनि कोदोको उत्पादन भने घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *