काठमाडौं । बागमती नेपाली कांग्रेसबाट २ मन्त्री नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ । कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त हुनुभएको छ ।
नव नियुक्त मन्त्रीद्वयले आइतबार साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराउनुभएको हो ।
राप्रपा र एमालेले छोडेका ७ मन्त्रालय मध्ये २ मन्त्रालयको पदपूर्ति गरिएको र बाँकी ५ मन्त्रालयको पनि छिट्टै पदपूर्ति हुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभएको छ ।