काठमाडौं। नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ । एमालेका मन्त्रीहरुले आइतबार राजीनामा दिएर सरकारबाट बाहिरिएको हो ।
कर्णाली प्रदेश सरकारमा एमालेबाट सामाजिक विकासमन्त्री टेकराज पछाईँ उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह हुनुहुन्थ्यो । तीनै जना मन्त्रीले आइतबार
मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाउनु भएको छ । केन्द्रमा गठबन्धन फेरिएसँगै एमाले कर्णालीमा पनि सरकारबाट बाहिरिएको हो ।