जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाए, गहिरो छानबिन होस् : केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजीको आन्दोलनका क्रममा षड्यन्त्रकारीले हिसां मच्चाएको भन्दै घटनाको गहिरो छानबिन गर्न माग गरेका छन् ।

संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप भन्दै गहिरो छानविन गर्न माग गरेका हुन् ।

जेनजी आन्दोलनपछि विकसिक असामान्य परिरिस्थितिको कारण राजीनामा दिएर सैनिक सुरक्षामा बसेका थिए । मंगलबार मात्रै डेरामा सरेका ओलीले भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको छ, घटनाको छानबिन हुनुपर्दछ ।’

उनले उक्त घटनामा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध एकजुट हुन पनि उनले आह्वान गरेका छन् ।

हालैका घटनाहरूमा सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीलाई षड्यन्त्रको संज्ञा दिँदै ओलीले यस्ता कार्यहरूले देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर चुनौती खडा भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *