दिल्लीको एपोलो अस्पतालमा झलनाथ पत्नीको उपचार सुरु

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रवीलक्ष्मीको भारतमा उपचार सुरु भएको छ । सोमबार राति नै भारत लगिएकी रवीलक्ष्मीको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।

चित्रकारसँगै पूर्वप्रधानमन्त्री खनाल, उनका छोरा र सहयोगी पनि भारत गएका छन् । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा खनाल निवासमा भएको आगलागीमा परि रवीलक्ष्मी गम्भीर घाइते बनेका थिए ।

घाइते रवीलक्ष्मीलाई केही दिन कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । संकमण बढ्दै गएपछि केहीदिनअघि उनको देब्रे हात नै काटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *